चितवन, ७ माघ । चितवनबाट नियमित प्रकाशन भईरहेको साप्ताहिक पत्रिकाहरुको संगठन साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष राजु भट्टको अध्यक्षतामा बसेको विशेष भेलाले पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ ।
ढकालको अध्यक्षतामा गठित सञ्जालको बरिष्ठ उपाध्यक्षमा टीकादत्त तिमिल्सेना, उपाध्यक्षमा सुर्य बराल क्षितीज, महासचिवमा राजेन्द्र आचार्य, सचिवमा नविनबावु मरहठ्ठा, सह–सचिवमा शान्ता अधिकारी, कोषाध्यक्षमा हरि कार्की लक्की र सदस्यहरुमा हरिप्रसाद उप्रेती भुवन सुवास पण्डित, पूर्ण शर्मा र अमिर रामदाम रहेका छन् ।
पुर्नगठन पछिको भेलाले सल्लाहकारहरुमा गणशेखर शर्मा, सुरेशचन्द्र अधिकारी, शान्ता अधिकारी (क), गोपाल परियार, राजु भट्ट र सुमन गैरे लाई चयन गरेको छ । भेलाले बरिष्ठ उपाध्यक्ष टिकादत्त तिमिल्सेना नेतृत्वको उपसमितीलाई संगठन दर्ताको लागी जिम्बेवारी सुम्पिएको छ । बैठकले आगामी फाल्गुण ४ गते सञ्जालका सदस्यहरुको पिकनिक कार्यक्रम राख्ने लगाएतका महत्वपूर्ण निर्णयहरु लिएको नबनिवार्चित अध्यक्ष नबराज ढकालले बताए । अध्यक्ष ढकालले दुईबर्षभित्र आफुले सञ्जाललाई नयाँ पहिचान दिने गरी शसक्त रुपमा कार्यक्रमहरु अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । २०७० सालदेखि शुरु भएको साप्ताहिक सञ्जालको नेतृत्व यसअघि पत्रकार राजु भट्टले गरेका थिए ।