अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानद्वारा सांघातिक आक्रमण

काठमाडौँ, १७ चैत :

अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ ।

आक्रमणमा उनी बच्न सफल भएका छन् । उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ । घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो । यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा उहाँ बच्न सफल भएका थिए ।

सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिन्छन् । उनीमाथि आफना प्रतिस्पर्धी नेताहरुको अपहरण,बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ ।(एजेन्सी)

शेयर गरौ

ताजा अपडेट