कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड

चितवन समाचार डटकम,
चितवन १६ चैत । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले कृषिमा आत्मनिर्भर बनाउने तर्फ स्थानीय सरकारको ध्यान गएको बताउनु भएको छ ।
रत्ननगर नगरपाकिलको वडा नं. १४ को मार्कण्डे केरा उत्पादक कृषि सहकारी सस्था लिमिटेडको पाँचौ साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । शनिबार भएको कार्यक्रममा उहाले कृषिमा आत्मनिर्भर नहुदा अवौ रुपैया बराबरको कृषिजन्य सामग्री विदेशबाट ल्याउनु परेकोमा चिन्ता व्यक्त गर्नु भयो ।
फलफूल तथा तरकारीमा मात्र भएपनि नेपाल आत्मनिर्भर हुन सके धेरै रुपैया विदेश जानबाट रोकिने बताउनु भयो । स्थानीय सरकारको तर्फबाट कृषि उत्पादनलाई प्राथमिकता दिएको जानकारी गराउदै उत्पादनमुलक खेतीमा सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
मार्कण्डे केरा उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष ध्रुव ढुंगानाको अध्यक्षतामा भएको कार्यत्रममा उहाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा केरा जोनका खेमप्रसाद दवाडी, केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोलगायतले कृषि उत्पादनलाई ध्यान दिन सरकारको योगदान आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष ढुंगानाले एक वर्षे कार्यक्रम प्रस्तुत गर्दै सामुहिक खेती प्रणाली, सहकारी खेती तर्फ उन्मुख हुनु पर्नेमा जोड दिनु भएको छ । उहाका अनुसार सहकारी मार्फत सस्थाबाट किसानलाई अनुदानमा डिप बोरिङ, पानी टुवेल वितरण गरेको छ । बिचौलीयालाई अन्त्य गर्नको लागि बजार विकास कार्यक्रम मार्फत फलफुल तथा तरकारी संकलन केन्द्र निर्माण गर्ने तयारी भएको छ ।
केही समयपछि मात्रै निर्माण हुने संकलन केन्द्रबाट फलफुल तथा तरकारी संकलन गर्ने, प्याक गर्ने, स्तर छुट्याउने र बजारमा लैजाने काम गर्ने उहाले जानकारी दिनु भयो । यसले गर्दा बिचौलियाको अन्त्य भइ किसानले सही बजार मुल्य पाउने विश्वास लिएको छ । साधारण सभामा सस्थाका उपाध्यक्ष बुद्धिपप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने सस्थाका सचिव वेदप्रसाद भट्टराइले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । सस्थाको आर्थिक प्रगती प्रतिवेदन लेखा समिति संयोजक विश्वदर्शन ढुंगानाले प्रस्तुत गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट