चितवनमा रहेका अटो सम्वन्धि काम गर्ने व्यवसायिक पसलहरु बैशाख देखि शनिबार बन्द हुने

चितवन समाचारडटकम
चितवन, १६ चैत :

चितवनमा रहेका अटो सम्वन्धि काम गर्ने व्यवसायिक पसलहरु बैशाख देखि शनिबार बन्द हुने भएका छन् ।

आज चितवन अटो मोवाइल्स एशोसिएसनको सभमहलमा भएकोे पत्रकार भेटघाट कार्यक्रममा सो कुरा जानकारी गराईएको छ । कार्यक्रममा बोल्दै चितवन अटो मोवाइल्स एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद काफ्लेले जिल्लामा रहेका चार ओटा अटो संस्थाहरुका आवद्ध व्यवसायीसँग छलफल गरि शनिबार साप्ताहिक बिदा गर्ने निणर्य गरिएको बताउनुभयो ।

जिल्लामा चितवन अटोमोवाल्इस डिलर एशोसियन, चितवन अटो मोवाइल्स एशोसिएसन, चितवन अटोमेकानिकल व्यवसायी संघ र नेपाल अटोमेकानिक्स टे«ड युनियन रहेको छ । चितवन अटोमोवाल्इस डिलर एशोसियनले भने अहिले पनि शनिबार बिदा गर्दै आईरहेको चितवन अटोमोवाल्इस डिलर एशोसियन पुर्व अध्यक्ष एवम् नेपाल अटोमोवाल्इस डिलर एशोसियनका बरिष्ठ उपाध्यक्ष गोपाल भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै चितवन अटोमेकानिकल व्यवसायी संघका अध्यक्ष राम बहादुर लोहनीले सोमबार बिदा पार्दा व्यवसायी, घर परिवार, विद्यार्थी र कर्मचारीहरु बिचको बसाई तथा भेटघाटमा प्रत्यक्ष असर पारेको बताउनुभयो । जिल्लामा रहेका चार ओटा अटो संस्थाहरुका आवद्ध व्यवसायीहरुले गएको चैत ९ गतेका दिन नयाँ वर्ष २०७६ बाट शनिबार बिदा सप्ताहिक बिदा गर्न निणर्य गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट