वेभमा तयारी कक्षा गरेका विधार्थीले ल्याए राम्रो नतिजा

चितवन,१४ चैत ।
वेभ एजुकेशन एकेडेमी ग्लाेवल चितवनले सञ्चालन गरेकाे तयारी कक्षामा सहभागी बिद्यार्थीले युजिसि एजि प्रवेश परीक्षामा सर्वाेत्कृष्ट नतिजा निकालेका छन् ।

कुल ७ सय ६ बिद्यार्थीलाई पछि पार्दै वेभका आशिष कुमाले सर्वप्रथम भएका हुन् भने कृतिक ओझा द्धितिय भएकाे वेभ एजुकेशन एकेडेमी ग्लाेवल चितवनका प्रवन्ध निर्देशक सुरज ज्ञवालीले बताउनुभयाे ।

वेभले आफुलाई निरन्तर उत्कृष्ट साबित गर्दै आइरहेकाे प्राचार्य देब पाठकले बताउनुभयाे ।

यसअघि पनि वेभमा अध्ययन गरेका बिधार्थीहरु एएफयुले लिएकाे प्रवेश परीक्षामा बिएससी एजिमा ३ हजार ६ सय २९ जनालाई उछिन्दै कपिल सिंखडा नेपाल प्रथम र छात्रातर्फ सृष्टी सिवाकाेटीले उत्कृष्ट अंक ल्याउदै प्रथम भएकाेे पाठकले जानकारी दिनुभयो । वेभले दुइवटै प्रबेश परिक्षामा उत्कृष्ट बन्दै आफ्नाे बर्चश्य कायम गरेकाे उहाँले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट