जेसीजको स्वागत एवं अन्तरक्रिया कार्यक्रम

चितवन,१४ चैत्र ।

बिसहजार जेसीज भरतपुरले आज भरतपुरमा स्वागत एवं अन्तरक्रिया कार्यक्रम सम्पनन गरेको छ । बीसहजार जेसीजका लागि निरुपित राष्ट्रीय उपाध्यक्ष कृष्णप्रसाद अर्यालको शाखा भ्रमणको क्रमममा अर्याललाई स्वागत गर्दे जेसीज अभियानका बिषयमा अन्तरक्रिया कार्यक्रम भएको कार्यक्रम संयोजक विनिता चापागाईले जानकारी दिनुभयो ।

सो अहबसरमा राष्ट्रीय उपाध्यक्ष अर्यालले जेसीज अभियान सफल पार्न बीसहजार जेसीजले खेलेको भुमिकाको प्रशंशा गर्नुभयो । उहाले भरतपुर क्षेत्रमा संचालित बीसहजार जेसीजले यस क्षेत्रका युवाहरुको क्षमता , व्यक्तीत्व र नेतृत्व विकासका लागि आगामी दिनमा पनि निजरन्तर लाग्न आग्रह गर्नुभयो । अर्यालले बर्ष २०२० मा बीसहजार जेसीजले नेपाल जेसीजको नेतृत् वगर्ने गरि अगाडी बढेको सन्र्दभमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बीसहजार जेसीजका पुर्व अध्यक्ष एवं राष्ट्रीय अध्यक्षका लागि प्रस्तावित उम्मेदवार अरुणेश्र खनाल , पुर्व अध्यक्षहरु सुरज हमाल , रमेश बस्ताकोटी , कमल सिग्देल लगायतले युवाहरुको चौतर्फ नेपाल जेसीजले खेलेको भुमिकाको प्रशंशा गर्दे उपाध्यक्ष अर्याल लगायत सम्पुर्ण राष्ट्रीय पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट