बुटवल १३ चैत । रुपन्देहीको बुटवल मैनाबगरमा आज राति गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मैनाबगरको ज्योति इन्जिनियरिङ वर्कसपमा काम गर्ने अन्दाजी ४० वर्षका फिरोज खान रहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनु भयो ।
वर्कसपमा काम सकेर डेरामा जाँदै गर्दा राति साढे नौ बजे उहा माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कसले किन गोली चलाएको भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।
गोली प्रहाराबाट घाइते भएका खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उहाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


