चितवन, १३ चैत ।
भरतपुर महानगरपालिकाकि प्रमुख रेनु दाहालले आफ्नी दिदी स्वर्गीय ज्ञानु केसी दाहालको पाँचौं वार्षिक पुण्यतिथिको अवसरमा देवघाट स्थित राेटरी करुणालयमा रहेका ४० जना वृद्धवृद्धालाई आज भोजन ग्रहण गराउनु भएको छ । स्वर्गीय ज्ञानुका पति अर्जुन केसी र परिवारजन सहित वृद्धाश्रम गयर
महानगर प्रमुख दाहालले आफ्नी दिदी ज्ञानुको स्मरण गर्दै देवघाटधाममा वृद्धवृद्धालाई खाना खुवाएर दिदीप्रति सम्मान व्यक्त गरेको बताउनु भयो । उहाँले दिदी ज्ञानुको स्मरणमा हरेक बर्ष विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै यसपटक रोटरी करूणालयमा आश्रय लिएर बस्नु भएका बुबाआमाहरूलाई खाना खुवाएको बताउनुभयो । खाना खानुभन्दा अघि स्वर्गीय ज्ञानुका ससुरा इश्वरीप्रसाद केसी र भरतपुर महानगर प्रमुख रेनु दाहालको हातबाट फलफूल वितरण गरिएको थियाे ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी ज्ञानु दाहालको ४० बर्षको उमेरमा क्यासन्सर रोगको कारण २०७० साल चैत १३ गते निधन भएको थियो । स्वर्गिय दाहालको पाँचौं वार्षिक तिथिको अवसरमा आयोजित फलफूल तथा भोजन वितरण कार्यक्रममा स्व। दाहालका ससुरा इश्वरीप्रसाद केसी, बहिनीज्वाइँ अनिलकुमार पाठक लगायतको सहभागिता रहेको थियो । करूणालयका संयोजक चन्द्रमान श्रेष्ठ, सचिव उत्तमलाल चुके लगायतले स्वर्गीय दाहालको स्मरण गर्दै रोटरी करूणालयको बारेमा जानकारी गराउनु भएको थियो ।
रोटरी करुणालयमा रोटरियन तथा चन्दादाताहरूको सहयोगमा ३३ जना वृद्धवृद्धाले आवासीय रूपमा रहेका छन् । यहाँ दैनिक सय जना जतिले बिहान र बेलुका निःशुल्करुपमा सात्विक खाना खाने गरेका छन् । करूणालय १८ बर्षदेखि संचालनमा रहेको छ ।


