चितवन, १३ चैत । राष्ट्रिय अपाङग महासंघ नेपालको आठौ महाधिवेशनको लागि चितवनका सञ्चारकर्मी तारा न्यौपानले केन्द्रीय सदस्यमा उमेद्वारी दिने भएका छन् ।
भरतपुरमा आज पत्रकार सम्मेलनगरी उहाले सञ्चार क्षेत्रमा लागेको लामो समयको अनुभवलाई संघको नेतृत्वमा पुग्दा काम गर्न सहज हुने भएकाले उमेद्वारी दिन लागेको बताउनु भयो । विराटनगरमा यही चैत २५ र २६ गते महाधिवेशन हुदैछ ।
अपाङग बालबालिकाको समस्या, अन्य उमेरहरुका समस्या, अपाङगको क्षेत्रमा देखिएको समस्याहरुलाई समाधानको बाटोमा लैजान, राज्यलाई ध्यान केन्द्रीत पार्नको लागि मेरो उमेद्वारी भएको उहाको भनाइ छ । न्यौपानले बौद्धिक अपाङगता, शारीरिक अपाङगता, सुस्त स्रवण अपाङगता, दृष्टिविहीन अपाङगताहरुको लागि आफ्नो प्रतिवद्धता रहेको जानकारी दिनु भयो ।
संगठनमा आफू विजयी भएमा अपाङगता भएका व्यक्तिको आधिकारको लागि अग्रसरता हुने बताउनु भयो । सञ्चारकर्मी न्यौपाने चितवनको कालिका एफएममा बालकार्यक्रम सञ्चालन गर्नु भएको थियो । अहिले पनि सामाजिक सरोकारको विषयमा वहस कार्यक्रम चलाउदै आउनु भएको छ । काठमाण्डौमा कानुन विषय लिएर अध्ययन गर्दै आउनु भएको छ ।


