चितवन १२ चैत । इटा उद्योगले प्रचलित नेपालको कानुन पालना सम्वन्धी जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ ।
युथ क्लब नारायणगढ अन्र्तगत ब्रेटर ब्रिक नेपाल कार्यक्रमले चितवनको इटा उद्योगमा बाल शिक्षाको साथै नियम कानुन पालना सम्वन्धी काम गर्दै आएको छ । सोही कार्यक्रम अन्र्तगत खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको हो ।
उद्योग सञ्चालन गर्दा त्यहाँ काम गर्ने मजदुरहरुलाई उद्योगले पालना गर्नु पर्ने नियम, कामदारको जिम्मेवारी नेपालको प्रचलित कानुनको विषयमा छलफल गरेको हो । प्रचलित कानुनको पालना नभएको भन्दै यसलाई जिम्मेवार बनाउन जनप्रतिनिधिको सहयोग आवश्यक भएकोमा जोड दिएको थियो ।
कानुनसंगै ग्लोवल फेयरनेसको सहयोगमा सञ्चालित परियोजनाले इटा उद्योगको गुणस्तरीयता वातावरण मैत्री सामग्रीको प्रयोगमा सहायोग गर्दै आएको छ । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, उपप्रमुख सुनिता थपलियाले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु सहभागी हुनु भएको थियो । कार्यक्रम र प्रचलित कानुनको विषयमा कार्यक्रम संयोजक रामचन्द्र आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


