चितवन १२ चैत । प्रदेश नं. ३ का दुइजना सांसदले रत्ननगरमा आकर्षक पर्यटकीय पार्क निर्माणको लागि पहल भइरहेको जानकारी दिएका छन् ।
पर्यटकीय पार्कको अभाव भएको चितवनमा यसलाई प्राथमिकता दिएर निर्माणमा आफ्नो ध्यान गएको बताएका हुन् । प्रदेश सांसद कृष्णप्रसाद खनाल र कञ्चन खनाल सक्रिया भएका हुन् । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाको यही पार्म निर्माणमा खर्च गरेका छन् । रत्ननगर ११ मा रहेको पञ्चकन्या सामुदायिक वन क्षेत्रका सो पार्क रहेको छ । मनी खोलाको विकासका लागि दुई सांसदको पहलमा यहाँ ५० लाख रुपैया परेको हो ।
प्रदेश सांसद कृष्णप्रसाद खनालले सौराहामा आउने पर्यटकलाई जीप सफारी गराउने योजनाका साथ पूर्वाधार निर्माण गर्ने योजना रहेको बताउनु भयो । जीप सफारीका लागि जंगलमा रुट बनाउन र आवश्यक सामग्री विक्री पसल स्थापना गर्न सामुदायिक वनलाई आग्रह गर्नु भयो । मंगलवार प्रदेश सांसद द्वय खनाल, पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डे, मेयर नारायण वनले सो पार्कको स्थलगत अबलोकन गर्नु भएको थियो ।
कार्यक्रममा सांसद कन्चन खनालले बजेटको सही सदुपयोग गरी पर्यटन पूर्वाधार निर्माण गर्न वनका पदाधिकारीहरुलाई आग्रह गर्नु भयो । मेयर न वनले मनीखोला पार्कलाई सौराहा पछिको दोश्रो गन्तव्य बनाउन सकिने बताउनु भयो । प्रतिनिधि सभा साँसद पाण्डेले पहिलो चरणमा जीप सफारीका लागि वनका रुट बनाउन उपयुक्त हुने बताउनु भयो ।


