रोहिणी त्रिपाठी
चितवन १२ चैत । चितवनको इच्छाकामनाका आगलागी पीडितहरुलाई आज राहत वितरण गरिएको छ ।
गएको शुक्रबार आगलागीबाट पीडित भएका इच्छाकामना वडा नं. २ फौदतका तीन परिवारलाई राहत वितरण गरिएको हो । आगलागीमा जलेर रामचन्द्र प्रजाका ६ महिनाका छोरा शिव प्रजाको मृत्यु भएको थियो । पीडित प्रजालाई जिल्ला विपद व्यवस्थापन समितिको टोलीले एक लाख ५२ हजार नगर दिएको थियो ।
प्रदेश सांसद धनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इच्छाकामना गाउपालिकाकी प्रमुख गीता गुरुङ, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुखसहितको टोलीले राहत वितरण गरेको थियो । पीडित प्रजा सहित आगलागीबाट घर जलेर नष्ट भएका रामकृष्ण प्रजा, दिपक प्रजालाई जनही २७ हजार रुपैया वितरण गरिएको थियो ।
त्यस्तै गरी पीडितहरुलाई चामल, तेल, चाउचाउ लगायत अन्य जिन्सी सामग्रीसमेत वितरण गरेको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिसहितको टोलीले आगलागी भएको स्थानको अवलोकन गरेको थियो ।


