चितवन , ११ चैत ।
वार्षिक उत्सवको अवसरमा सामाजिक कार्य गर्दै आएको मिलीजुली बहुउदेश्य सहकारी संस्था लिमिटेडले वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।
सोमवार भतपुर ९ मा रहेको चितवन मानव सेवा आश्रममा रहेका ४४ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ हो । संस्था स्थापनाको २१ औ वार्षिकोत्सवको अवसर पारेर यो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामजि पौडेलले बताए । धर्मको लागि कही मठ मन्दिर धाउन भन्दा पनि यस्ता अनाथ जेष्ठ नागरिकहरुको सेवा गर्ने उदेश्यका साथ संस्थाले हरेक वर्ष यस्ता संरक्षण गृहहरुमा खाना खाजा खुवाउने गरेको अध्यक्ष पौडेलले बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद ढकालले संस्था स्थापनाको अवस्था र त्यहा रहेका वृद्धवृद्धाहरुको बारेमा जानकारी गराएका थिए । विभिन्न कारणले सडक रात काटेका बुबा आमाहरुलाई संरक्षण गर्न पाउदा खुसी लागेको भन्दै अहिलेसम्म १५० भन्दा वढी आमा बुबाको सेवा गरेको ढकालले बताए । ८० जनाको पुुर्नर्मिलन गराउन गराएको भन्दै २८ जनाको दाह संस्कार गरिएको बताए । अहिले संस्थामा रहेका मध्य ६ जनाको अस्पतालमा उपचार भैरहेको समेत उनले बताए ।
मिलिजुली बहुउदेश्य सहकारी संस्था लिमिटेडले स.स्था स्थापनाको अवसर पारेर यस अगाडी सरसफाई, रक्क्तदान कार्यक्रम गरिसकेको छ भने संस्था स्थापनाको दिन मंगलवार असल बचत सम्मान, जेष्ठ नागरिक सम्मान, दश जोड दुईमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान लगाएतका विविध कार्यक्रम गरी आफ्नो स्थापना दिवसको समापन गर्दै छ । संस्थामा हाल एक हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।