चितवन, ११ चैत । भरतपुर आँखा अस्पतालले आफ्नो सेवालाई अझ परिस्कृत गरी लगेको जानकारी दिएको छ ।
नेत्र ज्योति संघ दिवस तथा भरतपुर आँखा अस्पतालको स्थापना दिवसको अवसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । अस्पतालले अहिले आँखा सम्वन्धी सेवामा परिस्कृत गर्दै ५५ जनाको आँखाको नानी फेरेको जनाएको छ । आँखा दान गरेका व्यक्तिहरु मध्य मृत्युपछि ४ जनाको आँखाको नानी निकालेर काठमाण्डौ पठाएको समेत जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका डाक्टर रघुनन्दन वेन्जुले भन्नु भयो अव आँखाको नानीको यही प्रसोधन गरी सबै सेवा भरतपुरबाटै गर्ने गरी अगाडि वढेको बताउनु भयो । अस्तालको सेवामा धेरै विकास गर्दै गएको जानकारी दिनु भयो । अस्पतालले ४१ औं नेत्रज्योति संघ दिवस तथा ३१ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
४१ औं नेत्रज्योति संघ दिवसको कार्यक्रम आजैदेखि शुरु भएको जनाएको छ । चैत १३ गते भरतपुरमा प्रभात फेरी । चौविसकोठीदेखि सुरु हुने प्रभात फेरी अस्पताल रोड हुँदै मालपोत चोक, भरतपुर आँखा अस्पताल पुगी समापन हुनेछ । यस्तै सोही दिन चितवन जिल्ला कारागारमा रहेका बन्दीहरुको आँखा जाँच कार्यक्रम रहेको संघका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनु भयो । संघको दिवसको अवसरमा हरेक वर्ष बन्दीहरुको आँखा परीक्षण हुँदै आईरहेको छ ।
त्यसैगरी ३१ औं भरतपुर आँखा अस्पताल दिवस चैत १४ देखि १८ गतेसम्म मनाईदैछ । यी पाँचै दिन खेलकुद कार्यक्रमहरु हुनेछन् । चैत १८ गते दिवसको दिन भरतपुर आँखा अस्पतालमा भर्ना भई बसेका विरामीहरुलाई फलफुल वितरण कार्यक्रम, देवघाटधाममा रहेका धर्मार्थ अस्पतालमा निःशुल्क आँखा जाँच कार्यक्रम र कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनु भयो । कार्यक्रममा संघका कोषाध्यक्ष तेजेन्द्र खड्का, सहसचिव केशव अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो ।