चितवन समाचार डट कम , माघ ७ –
(भरतपुर अस्पतालमा उपचाररत चेपाङ किशोरीको बयान जस्ताको तस्तै)
पछाडीवाट पछ्याएर आईरहेको रहेछ । फर्केर हेरिउ पछि पछि आइरहेको रहेछ । अलिकलि उक्लिदैं थियौ डाडामा । पछाडी कपाल समातेर हुत्तै फाल्दियो तानेर । अनि वहिनीले दिदि भन्दै आयो । त्यल्ले हान्न खोज्यो । तैले के गर्न खोज्या हो, किन हान्न खोज्या भन्दा खेरी यकछीन तल जाम की जाम भन्यो । किन जाने तल भनिउ । हाम्रो घर त माथितीर हो तलतिर किन जाने भनिउ । यकछिन जाने के तल जाने भन्यो । अनि त्यसपछि त्यस्तो मान्छे भनेर थाहा पाएसी म जान्न भनेर रुखमै समातेर बसें । तर तेल्ले जाम की जाम भन्यो । किन जाने म किन जाने म जिद्धी गरेर बसे । तर उस्ले जवरजस्ती घिसारेर समातेको रुखवाट फाल्दीयो । अनि आफ्नो हातमा भएको लठ्ठीले हान्न थाल्यो । वहिनीलाई पनि हान्यो मलाई पनि हान्यो । त्यसपछि केही थाहा भएन । वहिनीलाई लछारपछार गरेर छाडेछ । अनि मलाई चाहीँ पिटेपछि तल गुल्टाएर तल पठाएछ । म तल पुगेछु । मलाई थाहा भएन, उस्ले मेरो कपडा सवै काडेको रहेछ । थाहा पाएपछि फेरी जवरजस्ती गर्न लाग्दा खेरी अनि लातले हाने । जुक्ति निकाले मलाई तेसो गर्नुहुन्छ भने तपाईको घर आउछुँ भनेर भागेर घर पुग्ने अनि भन्ने सोच थियो मेरो तर सकिन । उस्ले पुग्न दिन्छु भन्यो तर दिएन । वहिनीलाई छिटो जा छिटो जा भन्यो , किन पठाउने भने । फेरी पिट्छु भन्दै धम्कायो । उसलाई पठाइदिए । मेरो सामान छ यो अर्काको हो सामान पुर्याइन भने यस्ले पैसा खायर गयो भन्छ भनेर मैले चाल गरे । मैले सल पोको पारेर हिड्न थाले । फेरी पछी पछि लाग्यो । वहिनी गाको धेरै समय भैसकेको थियो । अनि तेस्ले तेरो वा र आमा आउछ होला मलाई मार्न बहिनीले भन्यो होला म नि जान्छु भन्यो । अनि म भागेर घर गए । कपडा शरिरवाट उतारेको थियो, आफैले लगाए अनि घर लागे ।
((((((
चितवनको राप्ती नगरपालिका वडा नं १३ को धादिङ जिल्लासंगको सिमा संग जोडिएको पाहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिका जवरजस्तीको शिकार भएकी छिन् । अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ ।
दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जंगल र भीरको बाटोबाट हिंडिरहेको मौका छोपी दुईमध्ये १६ वर्षकी बालिकालाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए । आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा अङ्गभङ्ग हुनेगरी लाठीले हानेर लखेटी अर्की बालिकालाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती बेसहारा बालिकालाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाई बलात्कारपछि जंगलमा छाडेर अपराध गर्ने युवक फरार भए । घाइते अवस्थामा आतंकित हुँदै घर पुगेकी १० वर्षीया बालिकाले घटनाबारे बताएपछि खोजतलासमा गएका अभिभावकहरूले बलात्कृत बालिकालाई दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा फेला पारेका थिए । उनीहरूले घटनास्थलबाट उद्धार गरिएकी ती बालिका र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई राति अबेर भण्डारा९मलेखु चेपाङ मार्गसम्म ल्याइपुर्याए । त्यहाँबाट इलाका प्रहरी कार्यालय भण्डारा, चितवनको सहयोगमा उपलब्ध गाडीमा राखी कान्देश्वरी आधारभूत विद्यालय राप्ती नगरपालिका९१३, चितवनका प्रधानाध्यापक बालकृष्ण थपलिया, पीडित बालिकाका अभिभावकहरू र प्रहरीको टोलीले राति २ बजे दुवै बालिकालाई भरतपुर अस्पताल ल्याइएकोे हो । कुटपिटबाट टाउको फुटेका र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दुवै पीडितको उपचार सोही अस्पतालमा जारी छ । एउटी बालिका बर्बरतापूर्ण बलात्कारबाट बिक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।
यसैविच मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ती जारी गरी पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्र्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानुनी सजाय गन सरकारसँग माग गर्नुभएको छ ।
चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि यस संस्थाको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो विदामा घर आएका छन । तिनैमध्येका दुई बालिकामाथि घटना भएको हो ।