खैरहनी, चैत १० गते ।
प्रांगारिक खेतीलाई प्रवद्र्धन गर्न कार्यनिति वनाउन गठित राष्ट्रिय स्तरको कार्यदलले देशका विभिन्न क्षेत्रमा पुगेर किसानहरुसंग राय सुझाव संकलन गरिरहेको छ ।
यसै क्रममा आईतवार सो कार्यदलले चितवनको खैरहनीका किसानहरुसंग सुझाव संकलन गरेको छ । वढ्दो रासायनिक विषादीलाई न्युनिकरण गर्दै प्रागारिक खेती तर्फ उन्मुख गराउन कृषि मन्त्रालयले कार्यनिति वनाउन करिव डेढ महिना अघि सो कार्यदल वनाएको थियो । कार्यदललाई चार महिना भित्र देशका विभिन्न क्षेत्रमा पुगेर राय,सुझाव संकलन तथा अध्ययन गरी प्रतिवेदन वुझाउन सयम दिईएको कार्यदल सदस्य एवंम् खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले जानकारी दिए ।
प्रागारीक खेती गर्दा २,३ वर्ष उत्पादन कम हुने भएकाले यसका बारे सरकारले किसानका लागि क्षती व्यहोर्नु पर्ने लगायतका के के समस्या रहन्छन्,त्यसमा राज्यले ध्यान दिनु पर्ने कार्यदल सदस्य चौधरीले वताए । खैरहनीमा आयोजित अन्र्तक्रियामा किसानहरुले प्रांगारिक खेतीको जिम्मेवारी राज्यले लिनु पर्ने गरी निति वनाउन सुझाव दिए । कृषि मन्त्री चन्द्र प्रकास खनालको संयोजकत्वमा सहसचिव गंगा आचार्य सदस्य सचिव रहने गरि वनाईएको कार्यदलले वनाएको निति मन्त्री परिषदले पारित गरेपछि लागु हुनेछ । ।रासायनिक विषादीको प्रयोगका कारण सवै क्षेत्रमा असर गरेको भन्दै यसलाई निरुत्साहित गर्न कार्यनिति वनाउन लागिएको सदस्य सचिव गंगा आचार्यले वताए ।