हेटौंडा, १० चैत
३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आईतबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को निरिक्षण गर्नुभएको छ । आईतबार विहानै हेटौंडा २ मा रहेको सिद्दार्थ उच्च मावि र हेटौंडा ९ मा रहेको प्रगती माविमा एसईईको निरिक्षण गर्नुभएको हो ।
विद्यार्थिहरुलाई हौसला प्रदान गर्न तथा एसईई सञ्चालनको जानकारी लिन मुख्यमन्त्री पौडेल विद्यालय पुग्नु भएको हो । सफलतापुर्बक परिक्षा भईरहेको भन्दै उहाँले खुशी समेत व्यक्त गर्नुभयो । परिक्षामा सहभागिहरुलाई उहाँले शुभकामना समेत दिनुभएको छ । उहाँले भन्नुभएको छ –‘परीक्षामा सहभागी हुनुहुने सबै छोरा छोरी, भाइ बहिनीहरुमा शुभकामना । समृद्धिको यात्रामा अगाडि बढेका पाईलाहरुले शिखर चुम्न सफल होस्, निरन्तर अगाडि बढ्नुहोस् । सधै उन्नति प्रगति भएको सुन्न पाइयोस् । अनेकौं अनेकन शुभकामना’ ।
निरिक्षणमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल पनि सहभागि हुनुहुन्थ्यो ।
मकवानपुर जिल्लाबाट ५ हजार ९ सय ७७ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् । ग्रेडवृद्धिका लागि ६७ जना विद्यँर्थी सहभागी छन् ।