गणेशस्थान मन्दिर (प्रस्तावित गणेशधाम ) को दानपेटीकावाट रकम चोरी, स्थानीय भन्छन, “प्रहरी बिट चाहियो ”

चितवन समाचार डटकम, ७ माघ ।
भरतपुर महानगरपालिका वडा नम्वर ११ मा रहेको गणेशस्थान मन्दिर (प्रस्तावित गणेशधाम ) को दानपेटीकावाट गएराती दान रकम चोरी भएको छ ।
मन्दिरको च्यानल गेटवाट छिरेर दानपेटीका फोरी करिव २० हजार रुपैया चोरले लगेको मन्दिर ब्यबस्थापन समितिका सचिव रेशमलाल सापकोटाले जानकारी दिनुभयो । मध्यरातमा घटना भएको हुन सक्ने अनुमान गरिएको उँहाले जानकारी दिनुभयो । विहान थाहा पाएपछि घटनावारे स्थानीयले प्रहरीलाइ खवर गरेका थिए । घटनावारे अनुसन्धान भैरहेको र चोरी गर्नेको खोजी कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले बताउनुभयो । शाहका अनुसार प्रहरि नायव निरिक्षक ठाकुरप्रसाद पनेरुको कमाण्डमा अनुसन्धान टोली खटाइएको छ । अहिलेसम्म चोरी गर्ने पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो ।
गणेशस्थान मन्दिर परिसरलाई गणेशधाम निर्माण गर्ने गुरु योजना अघि बढीरहदा स्थानीयले त्यहाँ प्रहरी विट राख्न माग गर्दै आएका छन् । हामीले जिल्ला प्रहरीलाई प्रहरी बिट राख्न वारम्वार भनिरहेका छौं, यस घटनाले प्रहरी विट स्थापनाको आवश्यक्ता झन बढाएको छ– सचिव सापकोटाले भन्नुभयो ।

ताजा अपडेट