चितवन समाचार डटकम
चितवन ९ चैत । पश्चिम चितवनको महेन्द्रचोकमा भएको खुला रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।
जिल्लामा रगतको अभाव भइराखेको समय पारेर नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखा र जय नेपाल किसान कल्याण दुग्ध उत्पादक सहकारी सस्थाले संयुक्त कार्यक्रम आयोजना गरेका थिए । सात जना महिलासहित चौवालिस जनाले रगत दान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी महेन्द्रचोक उपशाखाका सभापति बुद्धिसागर चापागाईंको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका १५ नं. का वडा अध्यक्ष शम्भु बहादुर भण्डारीले रक्तदान जस्तो समाजिक कार्यक्रमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
रगत दान गर्दा समस्या हुन्छ भन्ने गलत धाराणा भए हटाउन अनुरोध गरे । आफ्नो रगतले कुनै व्यक्तिको जीवन दान हुन्छ भने यस्तो सामाजिक कार्यलाई वृद्धि गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । उपशाखाका सचिव जीवन केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा रगत दान गर्न आउनेहरुलाई टिसर्ट वितरण गरिएको थियो ।