चितवन समाचार डटकम
९ चैत । भरतपुर महानगरपालिका भित्र निर्माण हुने भौतिक संरचनाको सामग्री ल्याब परीक्षण गरेर मात्र स्वीकृति दिन थालेको छ ।
संरचना निर्माण हुने तर लामो समय टिकाउन नहुदा आलोचना भोग्दै आएपछि महानगरले कच्चा सामग्रीको ल्याब परीक्षण गरेर मात्र स्वीकृति दिन थालेको हो । सडक, भवन निर्माणमा प्रयोग हुने सामग्री र निर्माण सम्पन्न भएपछि पनि त्यसको गुणस्तरीयताको बारेमा परीक्षण गरेर मात्र त्यसलाई स्वीकृति दिने गरी काम अगाडि बढेको हो । ‘ निर्माण भएका भौतिक संरचनाको टिकाउ लामो समय नहुदा आलोचना हुदै आएको थियो’ भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भन्नु भयो ।
यही समस्यालाई समाधान गर्नको लागि महानगरपालिकाले ल्याब परीक्षण गरेर मात्र निर्माण गर्नको लागि स्वीकृति दिने छौ । उहाका अनुसार निर्माण पूर्व र निर्माणपछि पनि ल्याब परीक्षण गरेर संरचनाको स्वीकृति दिने छ । महानगरले अहिले ल्याबको काम थालिसकेको छ । यसको कार्यालय साविक भरतपुर नगरपालिकाको वडा नं. १४ को भवनबाट यो काम शुरु भएको छ । महानगरले छिट्टै यो कार्यालयको उद्घाटन गर्ने तयारी गरेको छ । संरचना निर्माणमा हुने कमजोरीलाई ल्याब परीक्षणले हटाउने वडा नं. ५ का अध्यक्ष पदमपाणि सुवेदीले भन्नु भयो । महानगरमा हुने निर्माण सामग्रीको परीक्षण ल्याब आफ्नो वडामा सञ्चालन हुने खुसीको विषय भएको अध्यक्ष सुवेदीले बताउनु भयो ।
कठिनमा कार्यालय सञ्चालन
भरतपुर महानगरपालिकाको वडा नंं ५ को कार्यालय भवनमा वम विस्फोट भएपछि कार्यालयको दैनिक काम सञ्चालन हुन कठिनाइ भएको छ । भत्केको भवनबाट वडा वासीलाई सेवा दिइराखेको अध्यक्ष पदमपाणि सुवेदीले बताउनु भयो ।
वम विस्फोटनपछि पनि सेवामा कुनै समस्या हुन दिएका छैनौ उहाले भन्नु भयो केही सेवा भत्केको भवन र अन्य सेवाहरु नजिकैको घरमा भाडामा वसेर सेवा दिएका छौ । केही दिन भित्रै भाडामा वस्ने गरी सरेर सेवालाई चुस्त पार्ने जानकारी दिनु भयो । अहिले भत्केको स्थानमा नयाँ भवन निर्माण गरेर वडा वासीलाई सेवा दिनको लागि मेहनत गरेको अध्यक्ष सुवेदीले बताउनु भयो ।
