चितवन समाचार डटकम , माघ ७ ।
पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नम्वर १ का सांसद सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका वडा नं १३ ब्रादुमा चेपाङ वालिकाहरुमाथि भएको सांघातीक घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ । पाण्डेले एक विज्ञप्ती जारी गर्दै पीडित वालिकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार र दोषीलाई कडा कार्वाहीको माग गर्नुभएको छ ।
घटनाले आफुलाई मर्माहत बनाएको जनाउदैं साँसद पाण्डेले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विकट पाहाडी वस्तीमा सुरक्षाकर्मीको पोष्ट स्थापना गर्न आफुले पहल गर्ने पाण्डेले बताउनुभएको छ ।
पीडित वालिकाको पुनरस्थापना र उपचारमा कुनै कसर वाँकी नराख्न सरकारी निकायहरुलाई आफुले आग्रह गरेको उहाँले जानकारी समेत दिनुभयो ।
धादिङ जिल्लासंगको सिमा संग जोडिएको पाहाडी ईलाका ब्रादुमा एकजना १६ वर्षिया चेपाङ वालिकामाथी जवरजस्ती करणी भएको हो ।
अर्की १० बर्षिया वालिकामाथी निर्घात कुटपीट भएको छ । भरतपुर अस्पतालमा उपचाररत पीडित १६ वर्षिया वालिकाले भनिन् , “झण्डै ३० बर्षको जस्तो देखिने एक जना मान्छेले हामीलाई पिछा गर्र्यो वहिनीलाई पिट्यो र मलाई जवरजस्ती गर्यो । ”
प्रहरी निरिक्षकको कमाण्डमा टोली परिचालन
यसैविच घटनाको स्थलगत छानविन गर्न ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक बसन्त आचार्यको नेतृत्वमा प्रहरी टोली खटीएको छ । हामीले यस घटनालाई अत्यन्त गम्भिरता पूर्वक लिई अनुसन्धान टोली खटाएका छौ, दोषीलाई छिट्टै पक्राउ गर्नेछौं–जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपेन्द्र शाहले बताउनुभयो ।
घटना विवरण
दुई बालिका माघ ६ गते विहान घरायसी सामान किनमेलका लागि धादिङ जिल्लातर्फ पर्ने गोठी भन्ज्याङ बजार गएका थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले अनकन्टार जंगल र भीरको बाटोबाट हिंडिरहेको मौका छोपी दुईमध्ये १६ वर्षकी बालिकालाई लखेटेर जबर्जस्ती कब्जामा लिएका थिए । आपराधिक नियतका ती युवकको दुवै बालिकाले संयुक्त प्रतिकार गर्दा १० वर्षकी बालिकालाई टाउको र हातमा अङ्गभङ्ग हुनेगरी लाठीले हानेर लखेटी अर्की बालिकालाई समातेर राखेका थिए । जबर्जस्ती बलात्कारको प्रयास गरेपछि उम्किन खोजेकी ती बेसहारा बालिकालाई पनि टाउकोमा लाठीले हानेर सख्त घाइते बनाई बलात्कारपछि जंगलमा छाडेर अपराध गर्ने युवक फरार भए । घाइते अवस्थामा आतंकित हुँदै घर पुगेकी १० वर्षीया बालिकाले घटनाबारे बताएपछि खोजतलासमा गएका अभिभावकहरूले बलात्कृत बालिकालाई दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा फेला पारेका थिए । उनीहरूले घटनास्थलबाट उद्धार गरिएकी ती बालिका र भागेर घर पुगेकी अर्की घाइते बालिकालाई राति अबेर भण्डारा९मलेखु चेपाङ मार्गसम्म ल्याइपुर्याए । त्यहाँबाट इलाका प्रहरी कार्यालय भण्डारा, चितवनको सहयोगमा उपलब्ध गाडीमा राखी कान्देश्वरी आधारभूत विद्यालय राप्ती नगरपालिका९१३, चितवनका प्रधानाध्यापक बालकृष्ण थपलिया, पीडित बालिकाका अभिभावकहरू र प्रहरीको टोलीले राति २ बजे दुवै बालिकालाई भरतपुर अस्पताल ल्याइएकोे हो । कुटपिटबाट टाउको फुटेका र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका दुवै पीडितको उपचार सोही अस्पतालमा जारी छ । एउटी बालिका बर्बरतापूर्ण बलात्कारबाट बिक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।
मितेरि फाउण्डेशनको ध्यानाकर्षण
मितेरी फाउण्डेशन नेपालका अध्यक्ष एकल सिलवालले एक विज्ञप्ती जारी गरी पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनस्र्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी निजलाई पक्रेर हदैसम्मको कानुनी सजाय गन सरकारसँग माग गर्नुभएको छ ।
चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि यस संस्थाको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन । उनीहरू सबै जना यतिबेला विद्यालयले दिएको जाडो विदामा घर आएका छन । तिनैमध्येका दुई बालिकामाथि घटना भएको हो ।