चितवन ७ चैत्र ।
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले क्यान्सर रोगसँग लडिरहेका गोरखा कम्युनिष्ट आन्दोलनको संस्थापक नेता हाल (क्रान्तिकारी माओवादीका) पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीसँग भेट गरेका छन् ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत अधिकारीलाई आज डा.भट्टराईले भेटेर स्वास्थ्य बारेमा जानकारी लिए सँगै अधिकारीलाई स्वास्थ्य लाभको कामना पनि गरे ।
अधिकारीको स्वास्थ्य अवस्थाको बारे उनकोे उपचारमा संलग्न डा खगेन्द्र देवकोटाकाले थप जानकारी गराए । हाल अधिकारीकोे अस्पतालमै केमो थेरापी भईरहेकोे छ । हालसम्म चौथोपटक किमोथेरापी गरिसकेका उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको छ ।
भेटमा डा.भट्टराईले अधिकारी कम्युनिष्ट आन्दोलनको अग्रज व्यक्तित्व भएको बताए । दर्शन राजनितीमा अधिकारी निकै अगाडी भएको भन्दै उनले उपचार सहयोगको लागि सक्दो प्रयास गर्ने समेत बताए । माओबादी आन्दोलनमा सहकर्मीको रुपमा र हाल भिन्नै राजनितीमा भएतापनि भावनात्मक रुपमा अधिकारीसँग नजिक रहेकोे उनको आसय थियो । करिब एक घण्टा भलाकुसारी गरेका भट्टराई र अधिकारीले विगतका सम्झनाहरु समेत साटासाट गरेका थिए ।
यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीलाई अस्पतालैमा पुगेर स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका थिए ।
अधिकारी कम्युनिष्ट र माओवादी आदोलनमा अत्यन्त आदर्श नेताको रुपमा स्थापित छन् । गोरखा अजिरकोट गाउपालिका–३ हंशपुर निवासी अधिकारीको पूरै परिवार तत्कालिन माओवादी जनयुद्धमा होमिएको थियो ।