चितवन समाचार डटकम
चितवन ६ चैत । पाकिस्तानको इस्लामावादमा भएको सांसदहरुको अन्तरराष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट न्याय कानुन तथा मानवअधिकार सरोकार समितिका सभापति कृष्णभक्त पोखरेलले नेपालको कानुनको विषयमा जानकारी गराउनु भएको छ ।
तीनदिनसम्म चल्ने सम्मेलनमा नेपालमा निर्माण भएको संविधान र सोही अनुरुपको कानुनको विषयमा जानकारी गराउनु भएको हो । सम्वोधन गर्ने क्रममा माननीय सभापति पोखरेलले संघीय संसदले निर्माण गरेका कानुन, सरकारले गरेका कामको विषयमा जानकारी गराउनु भयो । नेपालले यसै वर्ष मौलिक अधिकारको कार्यान्वयनको लागि निर्माण गरेका १६ वटा कानुन, १६५ वटा भन्दा धेरै कानुनहरु संविधान अनुकुल बनाउन लागेको विषयमा जानकारी गराउनु भयो ।
कार्यक्रममा उहाले २०६२÷६३ को आन्दोलन त्यसपछि विकसित राजनीतिक घटना क्रम र नेपालको संविधान २०७२ को विषयमा अन्र्तराष्ट्रिय समुदायमा जानकारी गराउनु भयो । यस क्रममा उहाले लामो समयपछि निर्माण भएको संविधान र त्यसै अनुरुप निर्माण हुदै गरेको, संघीय संसदले पास गरेका कानुनको विषयमा पनि जानकारी गराउनु भयो । भइराखेको कानुनलाई संविधान अनुकुल संसोधनको लागि सकरात्मक व्यवस्थाको विषयमा समेत आफ्नो धारणा राख्नु भयो । कार्यक्रममा वेलायत, इन्डोनेसिया, जर्मनी लगायतका देशबाट सांसदहरु सहभागी भएका छन् ।
