राजश्व छली गरी नदी जन्य सामग्री उठाउनेलाई जरिवाना

चितवन ५ चैत । राजश्व छली गरेर नदी जन्य सामग्री बोक्ने सवारी साधनलाई जरिवाना तिराउने भएको छ ।
राजश्व छली गरी पूर्वी चितवनको कयर खोलाबाट नदी जन्य सामग्री उठाउने ट्याक्टर र ट्रिपरलाई जरिवाना तिराइने भएको हो । रत्ननगर र खैरहनी नगरपालिकाको सिमानबाट बग्ने कयर खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी वालुवा निकासी गर्ने ट्याक्टर टिपरलाई २० हजारसम्म जरिवाना तिराइने भएको हो । राजश्व छली गरेर खोलाबाट अबैध रुपमा ढुंगा, गिट्टी, वालुवा चोरी, निकासी र पैठारी गर्ने ट्याक्टरलाई १० हजारदेखि २० हजारसम्म जरिवाना गर्ने नियम बनाएर कार्यान्वय गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिनु भयो । पहिलो पटक भेटिएको ट्याक्टर वा टिपरलाई १० हजार, दोश्रो पटक भेटिएमा १५ हजार, तेश्रो पटक भेटिएमा २० हजार जरिवाना र एक महिना प्रतिबन्ध लगाइने छ ।
दैनिक दुइसय टिपर अबैध रुपमा ढुंगा,गिट्टी बालुवा चोरी भएको पाइएको मेयर वनले बताउनु भयो । यसलाई नियन्त्रण गर्न जरिवाना र कारवाही सुरु गरेको उहाँको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट