चितवन ५ चैत । साइबर अपराध सम्वन्धी जानकारी गराउनको लागि पूर्वी चितवनको रत्ननगर नगरपालिकामा प्रशिक्षण दिइएको छ ।
पछिल्लो समय साइबर अपराधका घटनाहरु बृद्धि भइराखेकाले त्यस सम्बन्धी जानकारी मुलक प्रशिक्षण दिइएको हो । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई यो प्रशिक्षण दिएको नगर प्रमुख नारायण वनले जानकारी दिनु भयो ।
सुचना प्रविधिमार्फत कार्यसम्पादनमा आइपर्ने समस्या त्यसले निम्त्याउने खतराको विषयमा जानकारी दिइएको छ । प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख वनले प्रविधिको प्रयोग गर्दा हुने फाइदा र बेफाईदाको विषयमा हरेक व्यक्ति जानकार हुन आवश्यक रहेको बताउनु भयो । प्रविधिको प्रयोग गरेर काम गर्दा सर्तक रहन आग्रह गर्दै मेयर वनले प्रविधिको क्षेत्रका ठुला ठुला समस्या आउने भएकाले यसमा चनाखो हुनु पर्नेमा जोड दिनु भयो ।
नगर उपप्रमुख विमला दुवाडीले सचेताका साथ उपयोग धेरै गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा आइटी विशेषज्ञहरु अरुणकुमार मास्के, शुलभ अधिकारी र विपु ओझाले साइवर अपराध र सुरक्षाका वारेमा सहजीकरण गर्नु भएको थियो । आइटी अफिसर रवि तिवारीले रत्ननगर नगरपालिकाले सुचना र प्रविधिको विकासको लागि गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।