गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु

भरतपुर, ५ चैत :

गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा घाँस काट्न गएकी रत्ननगर नगरपालिका–६ की ५५ वर्षीय जानकी चौधरीको मृत्यु भएको हो ।

गैँडाको आक्रमणबाट घाइते चौधरीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।(रासस)

ताजा अपडेट