मर्यादिन रुपमा फागु पर्व मनाउन प्रहरीको अपिल, उत्श्रृङखल रुपमा हिड्नेलाई नियन्त्रण गर्ने

चितवन, ४ चैत । अमर्यादित तरिकाले फागु पर्व मनाउनेलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिने भएको छ ।
रंगहरुको पर्व फागु होलीलाई यसै यसको महत्व अनुसार मनाउनु अपिल गरेको छ । अमर्यादित तरिकाले मनाउनेहरुलाई नियन्त्रणमा लिने र आवश्यक कानुन वमोजिम कार्वाही गर्ने समेत सोमबार साँझ विज्ञप्ती जारी गरी जनाएको छ । सडकमा अश्लिल गतिविधि गर्ने, मादक पर्दाथ खाएर हिड्ने, मोटरसाइकल विना हेलमेट चलाउने, स्वीकृति विना जवरजस्ती रंग दल्ने जस्ता गतिविधि गर्नेहरु उपर नियन्त्रणमा लिएर कार्वाही गर्ने जनाइएको छ ।
पर्वलाई पर्वको रुपमा मनाउनेहरुलाई भने प्रहरी कार्यालयले शुभकामना व्यक्त गरेको छ । आपसी समझदारीमा उल्लासमय रुपमा मनाउनेहरुलाई भने हार्दिक स्वागत तथा बधाइ दिएको छ ।

ताजा अपडेट