नगरपालिकामा कर संकलन अभियान 

चितवन, ४ चैत  :

रत्ननगर नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ११ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको हो ।

कर संकलन अभियानअन्तर्गत जनप्रतिनिधिसहितको टोलीले रत्ननगर बजार क्षेत्रमा आइतवारदेखि घरदैलो अभियान सुरु गरेको नगरपालिकाका प्रमुख नारायण वनले बताउनुभयो ।

लक्ष्यअनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने भएकाले कर बुझाउन सम्बन्धीत सबैमा नगरपालिकाका उपप्रमुख विमला दुवाडीले अनुरोध गर्नुभयो । (रासस)

ताजा अपडेट