कर संकलन गर्न रत्ननगर नगरपालिकाले ग¥यो घरदैलो अभियान

चितवन ३ चैत । रत्ननगर नगरपालिकाले लिएको लक्ष अनुसारको कर संकलन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
चालु आर्थिक वर्षमा लिएको लक्ष अनुसार उद्देश्य पूरा गर्नको लागि नगरको हरेक वडामा घरदैलो अभियान सञ्चालन गरेको हो । नगरले चालु आवमा ११ करोड राजश्व संकलन गर्ने लक्ष लिएको छ ।
कर संकलन गर्नको लागि जनप्रतिनिधिहरुसहित नगरवासीको घर, पसल र उद्योगहरुमा पुगेर पसल दर्ता गर्न, नविकरण गर्न आग्रह गर्दै घरदैलो गरेको नगर प्रमुख नारायण वनले जानकारी दिनु भयो । कर संकलन अभियान अन्तर्गत रत्ननगरको बजार क्षेत्र अन्तर्गत पर्ने वडा नं २ मा आइतवारदेखि घरदैलो शुरु गरिएको छ । वडा नं २ मा रत्ननगर नगरपालिकाका प्रमुख वनले अभियानको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उपमेयर विमला दुवाडीले लक्ष्य अनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष तिलकराज शर्मा पौडेलले वडा भित्रका व्यवसायीहरु करको दायरामा आउन सुरु भइसकेको भन्दै एक महिना भित्र बाहिर रहेका व्यवसायीहरुलाई दायरामा ल्याउने बताउनु भयो । अभियान अन्तर्गत वडा अध्यक्ष पौडेलसहित वडा सदस्यहरु घर दैलो अभियानमा हिडेको नगर प्रवक्ता राजेन्द्र हमालले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट