स्कुल कलेजलाई लक्षित गरि बनाइएको सफ्टवेयर बजारमा

चितवन,चैत ३ ।
स्कुल कलेज तथा बिश्वबिद्यालयहरुलाई अत्यन्त उपयोगि सफ्टवेएर नेपालमा बिक्रि वितरण शुरु भएको छ । मार्फा ई स्कुल नामको सो सफ्टवेएर बिद्यलाय , शिक्षक , बिद्यार्थी र अभिभावकका लागि उपयोगि भएको आईतबार भरतपुरमा आयोजित एक कार्यक्रम मार्फत् कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा मार्फा ई स्कुल प्रा.लि. का अध्यक्ष दिर्घमान श्रेष्ठले आफुहरुको उत्पादनबिद्यालयका बहुउपयोगी भएको जानकारी दिनुभयो । “बिद्यालयमा व्यवस्थापनका लागि कागजी रुपमा धेरै काम गर्नुपर्ने हुन्छ, हामा्रो उत्पादनले ति सबै झण्झटलाई मुक्त दिलाउछ ” उहाले भन्नुभयो । कम्पनीले देशभर गोष्ठी तथा सेमीनारको आयोजना गर्दे आफ्नो उत्पादनको बारेमा जानकारी दिईरहेको छ । सो अन्र्तगत आज भरतपुरमा आयोजित कार्यक्रममा चितवनका बिद्यालय तथा कलेजका प्रतिनिनिधिहरुको सहभागिता रहेको थियो । अध्यक्ष श्रेष्ठका अनुसार जहा बसेर पनि यो सफ्टवेएर प्रयोग गर्न सकिन्छ । एण्ड्रोईड तथा एप्पल मोवाईलका लागि एप्लिकेशन पनि उपलब्ध भएकाले मोवाईलबाट पनि यसलाई अपरेट गर्न सकिने उहाले जानकारी दिनुभयो ।
यो सफ्टवेएर बिद्यार्थी , शिक्षक र अभिभावक सबैले प्रयोग गर्न मिल्छ । बिद्यालयमा भएका बिद्यार्थी संख्याका आधारमा यसको मुल्य निर्धारण हुने कम्पनीका बिक्रिी निर्देशक लराजन कोईरालाले बताउनुभयो । कोईरालाले यो उत्पादन परिक्षा व्यवस्थापन र संचारका लागि पनि उपयोगी भएको बताउनुभयो । बिद्यालयहरुले यो सफ्टवेएर प्रयोग गरेको खण्डमा बिद्यालयलाई यचित तवरले नियन्त्रण गर्न सकिने कोइरालाले बताउनुभयो ।
अमेरिकामा अध्ययन गरिरहेका र ध्ययन गरेर फर्कीएका सफ्टवेएर ईन्जिनियरहरुको समुहले यो प्रणालीको उत्पादन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ बस्नेतका अनुसार तालिम प्राप्त र दक्ष जनशक्तीद्धारा यो प्रणाली शुरु गरिएकाले यसमा धेरै समस्या आउदैंन । समस्या आएपनि तत्काल समस्या समाधान गर्ने गरि जनशक्ती तयार गरिएको श्रेष्ठले बताउनुभयो । यो प्रणाली आफ्नो बिद्यालयमा स्थापना गर्न चाहेमा तत्काल उपलब्ध गराउन सकिने पनि उहाले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट