स्वतन्त्र क्याटलन राज्यको माग गर्दै स्पेनमा प्रदर्शन

काठमाडौँ, ३ चैत :

स्वतन्त्र क्याटलन राज्यको माग गर्दै हजारौं सर्वसाधारणले स्पेनको राजधानी मड्रिडमा प्रदर्शन गरेका छन् ।

क्याटलनलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्ने मागसहित स्पेनका ६० भन्दा बढी नागरिक समाजको आयोजनामा १ लाख भन्दा बढी सर्वसाधारणहरु स्वनिर्णय अपराध होईन लेखिएका प्लाकार्ड सहित सडकमा उत्रिएको बीबीसीले उल्लेख गरेको छ । ठूलो संख्यामा सर्वसाधारण सडकमा उत्रिएपनि कुनै पनि हिंसात्मक गतिविधि भने नभएको जनाएको छ ।

स्पेनबाट क्याटलन छुट्टिने पक्ष विपक्षमा सन् २०१७ मा भएको निर्वाचनमा हार बेहोरेका क्याटलन नेताहरु भने यतिबेला अदालती प्रक्रियामा छन् ।

क्याटलन समर्थक १२ जना नेताविरुद्ध अदालतमा मुद्दा चलिरहँदा यता सर्वसाधारण प्रर्दशनमा उत्रिएका हुन् । जनतालाई भ्रमित गराएको र सरकारविरुद्ध भड्काएको आरोप उनीहरुमाथि छ ।

आरोप प्रमाणित भए उनीहरुलाई २५ वर्षसम्मको कैद हुनसक्ने त्यहाँको कानूनी व्यवस्था छ । (एजेन्सी)

ताजा अपडेट