चाङ्गानको नेभो क्यू०५ चितवनमा सार्वजनिक

चितवन । चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘नेभो क्यू०५’ चितवनमा सार्वजनिक गरिएको छ । चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक विक्रेता राजहंस अटोमोबाइल प्रालिले भरतपुर–१० स्थित दीपल शोरुममा कार्यक्रम आयोजना गरी नेभो क्यू०५ सार्वजनिक गरेको हो ।

नेभो क्यू०५ को अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१ लाख ९९ हजार रुपियाँ तोकिएको छ । ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार नेभो क्यू०५ मा १२० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा लिन सक्छ । गाडीले डब्लुएलटीपी परीक्षणअनुसार एकपटकको चार्जमा ४०५ किलोमिटर रेन्ज दिने तथा १०० किलोमिटरमा १२.९ किलोवाट आवर ऊर्जा खपत गर्ने जनाइएको छ ।

गाडीमा क्याटिएल ब्याट्री सेलसहित चाङ्गानको ‘गोल्डेन सिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको छ । 3C फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्री ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

२,७३५ मिलिमिटर ह्वीलबेस रहेको क्यू०५ मा ५४० लिटरको बुट स्पेस, १४.६ इन्चको टचस्क्रिन, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ५४० डिग्री प्यानोरामिक भ्यू र विभिन्न ड्राइभर असिस्टेन्स फङ्सन उपलब्ध छन् ।

सार्वजनिक कार्यक्रममा एफएनसीसीआई चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, सीएडीएका अध्यक्ष इन्द्र रेग्मी, राजहंस अटोमोबाइलका अध्यक्ष दिलीप थनेत, एमएडब्लु वृद्धिका निर्देशक पार्थ सिकरिया, उपाध्यक्ष सन्दीप चटर्जी र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दलगायतको उपस्थिति थियो ।

शेयर गरौ

ताजा अपडेट