नेभो क्यू ओ फाइभ गाडी चितवनमा सार्वजनिक गरिँदै

चितवन २५ भदौ ।
एमएडब्लू वृद्धि अटोकर्प प्रा।लि अन्तर्गत चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रा.लिले आगामी साता चितवनमा नयाँ नेभो क्यू ओ फाइभ सार्वजनिक गर्ने तयारी गरेको छ। चाङ्गानको नयाँ ऊर्जा सवारी साधन पोर्टफोलियोअन्तर्गत रहेको क्यू ओ फाइभ ले नेपालमा इलेक्ट्रिक एसयूभी अनुभवलाई अझ नयाँ उचाइमा र्पुयाउने अपेक्षा गरिएको छ।

नेपालमा चाङ्गानको प्रिमियम, स्टाइलिश तथा प्रविधिमैत्री इलेक्ट्रिक मोबिलिटीको प्रतिनिधित्व गर्दै आएको डिपलसँगै क्यू ओ फाइभ ले नेपाली ग्राहकका लागि कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा ‘ए क्लास एभोभ’ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

नयाँ नेभो क्यू ओ फाइभले शहरी यात्राका लागि उपयुक्त बाहिरी आयामसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्छ। यसको २,७३५ मिमि ह्वीलबेसले यात्रुहरूका लागि पर्याप्त स्पेस उपलब्ध गराउँछ, विशेषगरी पछाडिका यात्रुहरुका लागि सिटहरूलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्रामा थप आराम प्राप्त हुने कम्पनीले जनाएको छ ।

५ सय ४० लिटरको बुट स्पेसले सामान, किनमेल तथा पारिवारिक यात्राका लागि पर्याप्त स्थान प्रदान गर्नेछ । यसको अर्को प्रमुख विशेषता यसको आकर्षक डिजाइन हो। यो गाडी ३१ देश तथा क्षेत्रका ९१५ जना डिजाइन प्रोफेसनलहरू सम्मिलित चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कमार्फत विकास गरिएको कम्पनीको दावी रहेको छ ।

राजहंस अटोमोबाइल प्रा।लि। वि।स २०८१ मा अध्यक्ष दिलीप थनेतको नेतृत्वमा स्थापना भएको हो। भरतपुर–१०, चितवनमा अवस्थित कम्पनीले अत्याधुनिक शोरुम तथा एकीकृत सर्भिस सेन्टरमार्फत ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।

चाङ्गान नेभो क्यूओफाइभ आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ । ‘कम्फर्ट, डिजाइन र टेक्नोलोजीमा एक तह माथि रहेको यस गाडी चाङ्गानको नयाँ ऊर्जा सवारी साधनअन्तर्गतको प्रमुख ब्रान्ड हो। क्यू ओ फाइभ शहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको प्रिमियम इलेक्ट्रिक एसयूभी रहेको कम्पनीले दावी गरेको छ । जसले गुणस्तरीय जीवनशैली र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिनेछ । नेभो क्यू ओ फाइभ अल्ट्राको विशेष मूल्य ५१ लाख निर्धारण गरिएको छ।

क्यू ओ फाइभ मा सीएटिएल गोल्डन सिल्ड २।० ब्याट्री रहेको छ । यसले ३० देखि ८० प्रतिशतसम्म १५ मिनेटमा चार्ज हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा अवार्ड प्राप्त यसको डिजाइनले चीनमा आफ्नो सेग्मेन्टमा पछिल्लो ५ महिनादेखि नम्बर १ एसयूभीको स्थान कायम गरेको छ।

१२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित नेभो क्यू ओ फाइभ ले एनइडिसी परीक्षणअनुसार ४६२ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ भने यसको ऊर्जा खपत प्रति सय किलोमिटर १२।९ केडबलूएच रहेको छ ।

शेयर गरौ

ताजा अपडेट