ताल फुटेको सूचना आएसंगै नारायणी नदी किनारमा जान रोक

 

चितवन, १२ भदौ ।
रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा वसेका स्थानीयलाइ सुरक्षित स्थानमा सार्न थालिएको छ ।
बुधबार ताल फुटेर महाविपत्ती आएर जनधनको क्षती भएपछि फेरि पनि ताल फुटेको सूचना आए लगतै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा वस्न अनुरोध गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले नारायणी नदी छेउछाउमा व्यापार व्यवसायी गर्न र नदी किनारमा जान रोक लगाइएको जानकारी दिनुभयो ।
नारायणगढको बजार नजिकै नदी किनारमा वाढी हेर्न गएका स्थानीयलाई शुक्रबार दिउसो १२ः३० बजेबाट माइकिङ गरेर सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । नारायणगढ बजारदेखि दक्षिण तर्फको शिवघाट, मङगलपुर, शरणपुर हुदै मेघौली क्षेत्रसम्म नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न सूचना प्रवाह गरिएको उहाले जानकारी दिनुभयो । ताल फुटेको सूचना आए लगतै स्थानीयहरु नारायणी नदी हेर्न भिड लागेको थियो ।
चितवन र आसपास मौसम बदली हुने अवस्था रहेको छ । आकासमा कालो बादर मडारिएकाले पानी पर्ने भएपछि थप नदीमा वाढी आउन सक्ने अनुमान गरिएको छ ।

 

शेयर गरौ

ताजा अपडेट