नारायणी पब्लिक कलेजका शिक्षक विद्यार्थी र कर्मचारीद्वारा बाढिपिडितलाई सहयोग

रसुवा बाढीपीडितका लागि नारायणी पब्लिक कलेजका विद्यार्थी र कर्मचारीको सहयोग

भरतपुर–११, चितवन: नारायणी पब्लिक कलेज, भरतपुर–११ का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. ३२,२८५ रकम संकलन गरेका छन्।

विद्यार्थीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने उद्देश्यले संकलन गरिएको हो। विपद्को समयमा पीडितहरूप्रति सहयोग, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वस्फूर्त रूपमा यो पहल गरेका हुन्।

त्यसैगरी, कलेज तथा शिक्षक–कर्मचारीहरूको तर्फबाट रु. ९६,१४७ सहयोग रकम प्रदान गरिएको छ।

कलेजले विद्यार्थीहरूको यस मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय सहभागिता जनाउन प्रेरित गरेको छ।

शेयर गरौ

ताजा अपडेट