भरतपुर, असार १४ गते। आरम्भ कलेजका विद्यार्थीहरूले बीआईटीएम (BITM) र बीएचएम (BHM) चौथो सेमेस्टर बोर्ड परीक्षाको नतिजामा चितवन जिल्लामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन्।
कलेजका संस्थापक प्राचार्य सूरज शिवाकोटीले आइतबार जारी गरेको धन्यवाद ज्ञापनमार्फत उक्त उपलब्धिबारे जानकारी दिएका हुन्। उहाँका अनुसार विगतका वर्षहरूझैँ यस वर्ष पनि कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लामै अग्रस्थान कायम राखेका छन्।
शिवाकोटीले कलेजलाई उत्कृष्टताको केन्द्र बनाउन सहयोग पुर्याउने पत्रकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले विद्यार्थीको उत्कृष्ट नतिजा निरन्तर प्राप्त हुनुमा सञ्चारमाध्यम र शुभेच्छुकहरूको साथ, सहयोग र हौसलाले पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ।
उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र मार्गदर्शनको अपेक्षा गर्दै कलेजमा अध्ययनका लागि आउने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभएको छ।
आरम्भ कलेज भरतपुरमा सञ्चालनमा रहेको बीएचएम र बीआईटीएम कार्यक्रम अध्यापन गराउने Tribhuvan University सम्बन्धन प्राप्त शैक्षिक संस्था हो।


