चितवन समाचार डटकम
१ चैत । चितवनको नारायणी नदी किनारमा यामाहा कम्पनीको महामेला शुरु भएको छ । आयोजकले दावी गर्दै आएको नेपालमा सर्वाधिक बिक्री हुने यामाहा कम्पनीको मोटरसाइकल खरिद बिक्रीको लागि महामेला लागेको हो ।
फागुन २९ देखि चैत ३ गतेसम्म चल्ने मेलामा पुराना मोटरसाइकल ल्याएर बिक्री गर्ने नयाँ मोटरसाइकल चढेर जाने अवसर दिएको नविन अटो सेन्टर नारायणगढका प्रोपाइटर कपिलसागर कर्मचार्यले जानकारी दिनु भयो । अन्य समयमा हुने एक्चेन्ज अफर भन्दा फरक तरिकाले मेलाको रुपमा आयोजना गरिएको यो अवसरमा कम्पनीले कम्तीमा पनि एउटा पुरानो मोटरसाइकलको मुल्य ३० हजार तोकेको छ ।
सामान्य अवस्थामा चलेको मोटरसाइकलको मुल्य ३० हजार भन्दा माथि रहने छ । नयाँ मोटरसाइकल चढ्न चाहनेले आफूले चलाइ राखेको पुरानो मोटरसाइल ल्याएर एक्सचेन्ज गर्दा सुवर्ण मौका रहेको कर्मचार्यले बताउनु भयो । एक्सचेन्ज गर्दा थप १० ७ हजार बराबरको सामग्री समेत उपलब्ध गराउने व्यवस्था रहेको आयोजकले जनाकारी दिएको छ । मेलाको आकर्षणमा न्यूनतम ३० हजार, कण्डिसनको मोटरसाइकलले त्यो भन्दा माथि मुल्य र थप १० हजार थपेर दिने व्यवस्था रहेको छ ।
मेलामा १ लाख ८७ हजारदेखि ९ लाख मुल्यसम्मको मोटरसाइकल बिक्रीको लागि राखिएको छ । यामाहा कम्पनीको स्कुटरमा फ्यासिनो, रेजएड, रेजएड आड, स्ट्रीट ¥याली मोटरसाइकलमा सलुटो, एफजेड, एफजेड डयुल डिस्क, आर वान फाइभ, आरवान ३ मोडलका साधनहरु बिक्रीको लागि राखिएको छ । मेलामा मोटरसाइकल बिक्रीका सार्थ सास्कृतिक कार्यक्रम समेत सञ्चालन हुने जनाइएको छ । नविन अटो नारायणगढ, एमए डव्लयु इन्टरपाइजेज प्रालिको संयुक्त आयोजनामा मेला सञ्चालन भएको छ ।