माडी जाने निकुञ्जको बाटो र पुलको विषयमा विभागीय मन्त्रीको चासो

 

चितवन ।
चितवनको माडी नगरपालिका जान निकुञ्ज पार गर्नु पर्ने हुन्छ । निकुञ्ज भित्र व्यवस्थित सडक निर्माण हुन नसक्दा माडी वासीले वर्षौदेखि आवाज उठाउदै आएका छन् ।
यीनै आवाजको विषयमा ध्यानाकर्षण भएपछि विभागीय तीन मन्त्रीले निकुञ्जको अवलोकन गर्नु भएको छ । भरतपुर र माडी जोड्नको लागि छोटो सडक निर्माण तथा राप्ती नदीमा पुल निर्माणको लागि वातावरण प्रभाव मूल्याङकनको काम भइराखेको छ । तर विश्व सम्पदा सूचिमा सूचिकृत निकुञ्ज भएकाले यहाँ भौतिक निर्माणको विषय जटिल वन्दै आएको छ ।
यसै विषयमा जानकारी लिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून मन्त्री सोभिता गौतमले प्रत्यक्ष निरिक्षण गर्नु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुनले तीन वटै मन्त्रालयका मानीय मन्त्री ज्यूले स्थलगत निरिक्षण गर्नु भएको बताउनुभयो । भरतपुर र माडी जोड्ने पुरानो ध्रुव घाटबाट छोटो दुरीबाट जाने सडक निर्माणको विषयमा चासो राख्नु भएको उहाले बताउनुभयो । जनतालाई सहज हुने तरीकाले विकास निर्माणको काम हुनु पर्ने भन्दै चासो राख्नु भएको थियो । यसै गरी तीनै जना मन्त्रीहरुले निकुञ्जको जङगलले घेरिएको हनुमान झुला क्षेत्रको अवलोकन गर्नु भएको छ ।
निरिक्षणका व्रmममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कानुनले मिलेसम्म अहिले भइराखेको कसरा कनकट्टाको बाटोलाई थप निर्माण गर्ने गरी काम गर्ने बताउनुभयो । उहाले भइराखेको बाटोलाई थप व्यवस्थित पारेर यात्रा सहज बनाउने र छोटो दुरीको सडक निर्माणको लागि अध्ययन गरेर काम गर्ने बताउनु भएको छ ।
साथै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तु मैत्री सडक र पुल निर्माण गर्नको लागि थप अध्ययन गरेर काम गर्न आफू तयार भएको बताउनुभयो । स्थानीय अगुवा सहितको निरिक्षणका व्रmममा विभागीय मन्त्रीहरुले विकास निर्माण हुनेमा आश्वस्त पारेको स्थानीय नेता रामचन्द्र लम्सालले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट