भरतपुर, असार ७ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको अध्यक्षमा उत्तम सेढाई चयन भएका छन्। संघको ११औँ जिल्ला अधिवेशनबाट सेढाईको नेतृत्वमा ४५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित भएको हो।
अधिवेशन असार ६ गते भरतपुरस्थित क्यान्सर सभाहलमा उद्घाटन भई असार ७ गते जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको थियो।
जिल्ला ईन्चार्ज शंकर अधिकारीका अनुसार समितिको उपाध्यक्षमा राम कार्की, सचिवमा सन्देश पन्त, सहसचिवमा सुदीप अधिकारी र निरन गुरुङ तथा कोषाध्यक्षमा सुजिता दवाडी चयन भएका छन्।
अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङ, महासचिव महेश चौलागाईं, संघका अन्य केन्द्रीय नेताहरू तथा नेकपा (एमाले) का नेताहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित समितिले युवाहरूलाई संगठित गर्दै संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


