चितवन समाचार डटकम ।
चितवनको कालिका नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को जेठ मसान्त भित्र कुल बजेटको ५२.४७ % मात्रै खर्च भएको जनाएको छ ।
बर्षको बजेट ९८ करोड ४३ लाख ८४ हजार रहेकोमा ५१ करोड ६५ लाख ८६ हजार खर्च भएको पालिकाले सार्वजनिक गरेको बिबरणमा उल्लेख छ ।
जसमध्य चालु खर्च ६५.६७ प्रतिशत र पुँजीगत खर्च ३७.३४ प्रतिशत रहेको छ ।
बिबरण अनुसार यस अवधिमा जम्मा आम्दानी ७४ करोड २३ लाख ८३ हजार भएको छ । जुन ७५.४१ प्रतिशत हो ।
बिस्तृत बिबरण हेरौं –






