रास्वपा भरतपुर महानगरको सभापतिमा सीता ज्ञवाली निर्वाचित

 

भरतपुर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर अधिवेशन–२०८३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अधिवेशनबाट सीता ज्ञवाली सभापतिमा निर्वाचित हुनुभएको छ।

सार्वजनिक मतपरिणामअनुसार सभापति पदमा सीता ज्ञवालीले ३३५ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी सुबास गैरेले २५६ मत प्राप्त गर्नुभयो।

उपसभापति पदमा दिवाकर राज श्रेष्ठ ३६६ मतसहित निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी इन्दिरा बरालले २०९ मत प्राप्त गर्नुभयो।

सह–सचिव पदमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुनुभयो। प्रतिस्पर्धी बोधनाथ सुवेदीले १३० मत प्राप्त गर्नुभएको थियो।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा धुर्ब केसी (३०५ मत), निर्देश श्रेष्ठ (२५५ मत) र डिल्लिराम भण्डारी (२५० मत) निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै भरतपुर महानगरमा रास्वपाको संगठन विस्तार र पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

शेयर गरौ

ताजा अपडेट