आँखा उपचार केन्द्र ठोरीको नवनिर्मित भवनको उद्घाटन

ठोरी, १ चैत  :

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल आँखा उपचार केन्द्र ठोरीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पर्सा जिल्लाको ठोरीको गौतमनगरमा रहेको आँखा उपचार केन्द्रमा निर्माण गरिएको अन्तरङ्ग र शल्यक्रिया भवन एवं कर्मचारी आवास भवनको उद्घाटन गरिएको हो ।

अन्तरङ्ग र शल्यक्रिया भवनको नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के र सेवा क्यानडा तथा सेवा फाउण्डेशनका सञ्चालक सदस्य डा मार्टिन स्पेन्सरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । त्यसैगरी कर्मचारी आवास भवनको सङ्घका केन्द्रीय कोषाध्यक्ष मास्के र ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।  (रासस)

शेयर गरौ

ताजा अपडेट