सामुदायिक बिधालयलाई हौसला : भरतपुर-१२ द्वारा मोहन माविलाई सम्मान

चितवन ।

भरतपुर महानगरपालिका–१२ वडा कार्यालयले एसइई–२०८२ मा उत्कृष्ट नतिजा ल्याएको भन्दै स्थानीय मोहन माध्यमिक विद्यालय का विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।

 

शुक्रबार वडा कार्यालय परिसरमा आयोजित “विद्यालय सम्मान कार्यक्रम” मा एसइईमा सहभागी २७ विद्यार्थी मध्य २६ जना उत्तीर्ण हुन सफल भएको जानकारी दिइयो । विद्यालयको उच्च जिपिए ३.७६ रहेको छ ।

बिधालय सम्मानित हुनपाएकोमा प्रधानाध्यापक पशुपति घिमिरेले खुसी ब्यक्त गरे ।

कार्यक्रममा बिधार्थी, प्रधानाध्यापक शिक्षक, पूर्व व्यवस्थापन समतिका अध्यक्षहरु लगायत सम्मानीत भए ।

सामुदायिक बिधालयबाट राम्रो नतिजा ल्याएकोमा हौसला स्वरुप सम्मान कार्यक्रम गरिएको वडा अध्यक्ष लेखराज पन्त हरिले बताए ।

२०३५ सालमा स्थापना भएको विद्यालयमा हाल करिब ५०० विद्यार्थी अध्ययनरत छन् । यस शैक्षिक सत्रमा ९० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा २२ जना शिक्षक र ३ जना कर्मचारी कार्यरत छन् भने एक जना शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

सहायक प्रधानाध्यापक कमलराज खनालका अनुसार विद्यालयले कक्षा १ देखि ५ सम्म मासिक १०० रुपैयाँ र कक्षा ६ देखि १० सम्म १५० रुपैयाँ सहयोग शुल्क लिने गरेको छ । उक्त रकम धारा, बिजुली, पानी तथा सामान्य व्यवस्थापनमा खर्च हुने गरेको छ । विद्यालय मर्मत–सम्भारका लागि छुट्टै बजेट नआउने समस्या रहेको पनि उनले बताए ।

विद्यालयसँग करिब ८ कठ्ठा जग्गा रहेको भए पनि क्षेत्रफल साँघुरो बन्दै गएको बताइएको छ । विद्यालय स्थापना क्रममा स्थानीय समाजसेवी मोहनबहादुर थापाले ३ कठ्ठा जग्गा दान दिएका थिए । साथै माडी क्षेत्रमा विद्यालयको करिब डेढ बिघा जग्गा रहेको जानकारी दिइएको छ ।


कार्यक्रममा वडा अध्यक्ष लेखराज पन्त, महानगर शिक्षा अधिकृत सुवासचन्द्र आचार्य,  समाजसेवी  कुलबहादुर भण्डारी, व्यवस्थापन समितिका पूर्वअध्यक्ष रवीशमसेर थापा, वडा सदस्यहरु संजय थापा, मिरा नेपाली, वीरवहादुर स्याङ्तान , सामजिक अगुवा भैरवराज रेग्मी ,सन्तोष पन्त लगायतको उपस्थिति रहेको थियो ।

वडा सचिव बिष्णु घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट