भरतपुरमा चौतारी पार्टी प्यालेसमा बिहे भोज खाएका दर्जनौ बिरामी

 

चितवन ।
भरतपुरमा बिवाह भोज खाएका दर्जनौ सर्वसाधारण एकै साथ बिरामी परेका छन् । स्थानीय भरतपुर-४ लंकु धर्म चोकमा रहेको चौतारी पार्टी प्यालेसमा बैशाख २३(बुधवार) गते भोज खाएका उनीहरुलाई पखला, ज्वरो र रिंगटा चल्ने समस्या भएपछि अस्पताल भर्ना भएका छन् । ११ जनाको भरतपुर अस्पतालमा र अन्यको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अस्पतालका स्वाथ्यकर्मीका अनुसार सबैलाई ‘फुड पोईजन’ को प्रभाव देखिएको छ । भोजमा मासु, पुलाउ, माछा र काउलीको तरकारी खाएको बिरामीहरुले बताए ।

भरतपुरको दुलही पक्ष र जन्ती काठमाडौंबाट आएका थिए । जन्ती पक्षमा पनि बिरामी परेर उपचाररत रहेको आफन्तजनले बताए ।

त्यसदिन ३०० बढीले खाना खाएका थिए । बिरामी पर्नेको संख्या एकिन हुन बाँकी छ ।

भरतपुर अस्पतालमा उपचाररत बिरामी :

शेयर गरौ

ताजा अपडेट