बालिकामाथि यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा एक स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

नवलपरासी, १ चैत  : 

बालिकामाथि यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा पश्चिम नवलपरासीमा पक्राउ परेका एक निजी स्वास्थ्य क्लिनिक सञ्चालकलाई प्रहरीले थप कारवाही प्रक्रिया अघि बढाएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन–४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको मूल प्रवेशद्वारभन्दा बाहिर निजी स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका रामग्राम नगरपालिका–९ करमैनी बस्ने २४ वर्षीय अम्वृष गुप्तालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको हो ।

निजी स्वास्थ्य क्लिनिकमा एक्स–रे सेवा लिन गएकी १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्न खोजेको आरोपमा प्रहरीले गत सोमबार क्लिनिकबाटै गुप्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गुुप्तालाई बाल यौन दुरुपयोगअन्तर्गत मु्द्दा दर्ता भई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) को कार्यालयले जनाएको छ । एक्स–रे गर्न गएकी बालिकालाई एक्स–रे कक्षमा कपडा खोल्न लगाएर यौन दुव्र्यहार गर्न खोजेको आरोप गुप्तामाथि लागेको छ । (रासस)

शेयर गरौ

ताजा अपडेट