सुरक्षा घेरामा थापाथलीको सुकुम्बासी, छैन विरोध र अवरोध

 

काठमाडौँ । थापाथलीस्थित सुकुमबासी बस्ती भत्काउने काम जारी छ । बाक्लो संख्या प्रहरी परिचालन गरेर शनिबार बिहान साढे ८ बजेदेखि डोजर चलाइँदा हालसम्म कुनै प्रदर्शन र अबरोध देखिएको छैन ।

सुकुम्वासी वस्तीहरू हटाउने क्रममा ‘साइट’मै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गरिने जनाएको छ । शनिबार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकाकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने कार्यवाहक प्रमुख डंगोलको भनाइ छ। महानगरले यो कार्यलाई सकेसम्म विवादरहित, सुरक्षित र कानुनसम्मत ढंगले अगाडि बढाउने प्रयास गर्नेछ। संरचना हटाउँदा सम्मानजनक मानवीय व्यवहार प्रदर्शन गरिने र न्यायको सिद्धान्त प्रतिकूल नहुने गरी व्यवस्थापन गरिने उनले स्पष्ट पारेकी छन्।

शेयर गरौ

ताजा अपडेट