खानेपानी निर्माणमा जुटे गाउँले 

दमौली, १ चैत :

तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीय खानेपानी योजना निर्माणका लागि श्रमदानमा जुटेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको आर्थिक सहयोगमा निर्माण भइरहेको योजनाको पाइप विस्तारका लागि स्थानीय श्रमदानमा जुटेका हुन् ।

उक्त ठाउँमा रहेको खानेपानी योजना जीर्ण भएपछि गहतेखोला पाथर्दी उपभोक्ता समितिमार्फत दुई महीनादेखि खानेपानी योजना निर्माण भइरहेको समितिका अध्यक्ष कृष्णबहादुर रानाले जानकारी दिनुभयो । डिभिजन कार्यालयको रु ३३ लाखको लागतमा निर्माणाधीन योजनाका लागि स्थानीयले दैनिक श्रमदान गरिरहेको उहाँले बताउनुभयो ।

खानेपानी योजनाको हाल पाइपलाइन विस्तार र ट्याङ्की निर्माण भइरहेको छ । २० घनमिटरको एक, १२ घनमिटरको एक र आठ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भइरहेको रानाले बताउनुभयो । एक घर एक धारा अभियानअन्तर्गत सबै घरधुरीमा २४सै घण्टा खानेपानी पु¥याउने लक्ष्य राखिएको छ । खानेपानी आयोजनाबाट ७७ घरधुरी लाभान्वित हुनेछन् । सबै घरमा मिटरसहितको धारा जडान गरिने बताइएको छ । (रासस)

शेयर गरौ

ताजा अपडेट