कोलम्बियामा विमान दुर्घटना, कम्तीमा ९० जनाको मृत्यु

काठमाडौँ । कोलम्बियाको दक्षिण–पश्चिमी पुएर्टो लेगुइजामो क्षेत्रमा सैनिक विमान दुर्घटना भएको छ। बीबीसीका अनुसार, दुर्घटनामा कम्तीमा ९० जनाको ज्यान गएको छ।

कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीको जानकारीअनुसार, ११० जना सवार विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो। केही यात्रु घाइते भएका थिए र उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ।

विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन र थप अनुसन्धान जारी छ। थप विवरणहरू आउन बाँकी छन्।

शेयर गरौ

ताजा अपडेट