भरतपुर महानगरपालिकामा नयाँ दमकल

चितवन समाचार डटकम, फागुन ३० ।
भरतपुर महानगरपालिकाले नयाँ दमकल खरिद गरेको छ ।
७४ लाख रुपैयाँको लागतमा खरिद गरेको दमकल आज महानगर ल्याइएको छ ।
यस्मा चार हजार पाँच सय लिटर पानी, पाँच सय लिटर फोम, दश लिटर केमिकलको क्षमता छ । भ¥याङविना सात दशमलव पाँच मिटर र भ¥याङसहीत थप उचाईमा लागेको आगो निभाउन सक्ने यस्मा क्षमता रहेको जनाइएको छ ।
महानगरमा हाल एउटा मात्रै दमकल रहेको र सो पनि २१ वर्ष पुरानो रहेकोले आगलागीका बेला समस्या पर्दै आएको थियो ।
तत्कालीन भरतपुर नगरपालिकाले विसं २०५४ मा किनेको भारतीय कम्पनीको दमकल मात्र काम लाग्ने अवस्थाको छ । विसं २०६९ मा उपहारस्वरुप पाएको जर्मनी कम्पनीको पाँच हजार लिटर क्षमताको दमकल प्रयोगविहीन अवस्थामा छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६० हजार जनसङ्ख्या बराबर एक बारुणयन्त्र हुनुपर्छ । तर यहाँ सात लाख बढी जनसङ्ख्या भएको क्षेत्र एउटै दमकलको भरमा छ । महानगरपालिकाको बारुणयन्त्रले एक वर्षको अवधिमा ६० देखि ७० वटा आगलागी नियन्त्रण गरेको छ ।

शेयर गरौ

ताजा अपडेट