एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित, पदाधिकारीमा पनि सहमति

काठमाडौँ । गैरआवासीय नेपाली संघ ।एनआरएनए० को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा। हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्ष हुन तयार भएका छन् ।

उपाध्यक्षमा मलेसियाका खगेन्द्र न्यौपाने, युकेका रामशरण सिम्खडा, कतारका प्रबिन गुरुङ, बेलायतकी रोजिना प्रधान राई, दक्षिण कोरियाकी जुनु गुरुङ, अस्ट्रेलियाका महेन्द्र ओली, जाम्बियाका रोशन थापा, अस्ट्रेलियाका दिनेश पोखरेल, युएईका मनोज कुमार श्रेष्ठ, रबिन बज्राचार्यलगायत चयन भएका छन् ।
महिला उपाध्यक्षमा हङकङकी राधिका गुरुङ (टीका) निर्विरोध भएकी छन् । युवा उपाध्यक्षमा पोर्चुगलका भीमसेन थापा छानिएका छन् ।महासचिवमा बेल्जियमका गंगाधर गौतम र चेक रिपब्लिकका डा। चिरञ्जीवी खड्का चयन भएका छन् । यसैगरी उपमहासचिवमा जापानका टंक प्रसाद गैरे, बेलायतका दिनेश कुमार घिमिरे, अस्ट्रेलियाका डा। ज्ञानेन्द्र रेग्मी, जापानका पारसमणि पोखरेल चयन भएका छन् ।

सचिवमा साउदी अरबका राजेन्द्र अर्याल, अस्ट्रेलियाका सुजन अधिकारी, क्यानडाका अभिमन्यु बस्नेत, बेल्जियमकी अनुजा प्रधान, अमेरिकाका बेदराज बस्नेत, क्यानडाका माधव दुलाल र जापानका सुपेन्द्र घिसिङमा सहमति बनेको छ ।

महिला सचिवमा चीनबाट प्रतिनिधित्व गर्ने अमृता थापा ९कञ्चन० तथा कोषाध्यक्षमा बेलायतका कृष्णप्रसाद तिमल्सिना चयन भएका छन् । सहकोषाध्यक्षमा कतारका अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान तथा महिला सहकोषाध्यक्षमा दक्षिण कोरियाकी गंगा खतिवडामा सहमति बनेको छ ।

युवा संयोजकमा जापानका नवीन निउरे चयन भएका छन् मध्यपूर्व क्षेत्रीय संयोजकमा रमेश श्रेष्ठ, एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा दीपक कँडेल, युरोप क्षेत्रीय संयोजकमा रोबोट लिम्बु निर्विरोध भएका छन् । नयाँ नेतृत्व चयनसहित महाधिवेशन आज सकिँदैछ ।

 

शेयर गरौ

ताजा अपडेट